१४ बैशाख २०८१, शुक्रबार

पाल्पामा पाँच दलबिच गठबन्धन हुने

gathabandan palpa

स्थानीय तहको निर्वाचनका लागि पाल्पामा पाँच दलबिच गठबन्धन हुने भएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीले गठबन्धन गरी निर्वाचनमा सहभागी हुने सहमति भएको जनाएका छन् ।

आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय भएको छ ।

सहमति पत्रमा नेपाली काँग्रेस सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक नेत्र प्रसाद पाण्डे, एकिकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादीका मेयरमान रानाको हस्ताक्षर रहेको छ । बैठक काँग्रेस सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।