१४ बैशाख २०८१, शुक्रबार

प्रथम एमाले स्थायी कमिटी बैठक बस्दै

uml logo1628521956

नेकपा (एमाले) स्थायी कमिटीको प्रथम बैठक आज बस्दैछ ।

बैठक अपराह्न ३ बजे महाराजगन्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

रिजालका अनुसार बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पङ्क्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाइने छ ।

एमाले स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य हुनुहुन्छ भने ४ जना पदेन सदस्य हुनुहुन्छ ।