१४ बैशाख २०८१, शुक्रबार

अध्यक्ष प्रचण्डको दाबी: देश कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी

prechanda surkhet

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा रहेको दाबी गर्नुभएको छ ।

सुर्खेत विमानस्थलमा आज बिहान पत्रकारसँग प्रचण्डले देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति पनि माओवादीकै हातमा रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले एमसीसी पारित गरेर देशलाई दुर्घटनाबाट बचाएको जिकिर गर्नुभयो । उहाँले आउँदो स्थानीय तहको निर्वाचनसम्म मात्रै नभइ गठबन्धन लामो समय कायम रहने जिकिर गर्नुभयो ।

अध्यक्ष प्रचण्ड माओवादीको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न सुर्खेत जानुभएको हो ।