१६ चैत्र २०८०, शुक्रबार

कोकाकोलाविरुद्ध तीन अर्ब ७१ करोड ८१ लाख कर छली मुद्दा दायर

cock

राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । विभागले शुक्रबार उच्च अदालत पाटनमा तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपियाँ बराबर कर छलीको आरोपमा मुद्दा दायर गरेको हो ।

विभागले दायर गरेको मुद्दामा तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपियाँ बराबरको बिगो र बिगो शतप्रतिशत जरिवाना गरी कुल सात अर्ब ४३ करोड ६३ लाख ८२२ रुपियाँ असुलउपर गरिनुपर्ने उल्लेख छ ।

कोकाकोलाको स्वामित्व खरिद बिक्रीमा कर छली भएको विभागले जनाएको छ । नेपालस्थित बोटलर्स नेपादल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतिप्रतिशत सेयर सन् २०१४ अक्टोबरमा २४ २०७७ फागुन ७ गते कोलाकोला साब्को आयरल्याण्डस्थित युरोपियन रिफ्रसमेन्टलाई बिक्री गर्दा राजस्व चुहावट भएको मुद्दाको विवरणमा विभागले उल्लेख गरेको छ ।