४ बैशाख २०८१, मंगलवार

सरकारलाई पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

udhog samiti commerce committee

संघीय संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा आज सिंहदरबारमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरकारलाई मूल्य नियन्त्रण गर्न निर्देशन दिएको हो ।

छलफलपछि समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको बताउनुभयो ।

उहाँले नेपाल आयल निगमका जायग मागलाई सम्बोधन गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

सभापति श्रीवास्तवले सरकारले उपभोक्तालाई सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध नगराएकोमा पनि आपत्ति जनाउनुभयो । पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई लिएर सरकारको आलोचना भइरहेको छ ।