६ बैशाख २०८१, बिहीबार

सरकारी वकिललाई पल शाहले दिए बयान

paul

बलात्कारको आरोप लागेका अभिनेता पल शाह यति बेला प्रहरीको हिरासतमा छन् ।

किशोरीलाई बलात्कार गरेको आरोपमा शाहले नवलपरासीको कावासोतीस्थित सरकारी वकिल समक्ष बयान दिएका हुन् । मंगलबार तनहुँबाट जिल्ला प्रहरीमा पुर्याइएका उनलाई बुधबार सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो ।

शाहलाई अनुसन्धानको लागि यस अघिपनि गैंडाकोट पुर्याइएको थियो । बलात्कारको उजुरी गैंडाकोटको प्रहरी कार्यालयमा परेका हुनाले अनुसन्धानको लागि उता लगिएको हो । अब शाहमाथि एक हप्ता राखेर थप अनुसन्धान अघि बढाइने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै पल शाहविरुद्ध बलात्कारको उजुरी गैंडाकोट प्रहरीमा परेकाले यहाँ पनि अनुसन्धान गर्नु परेकाले पठाइदिनु भन्दै आग्रह गरेको थियो ।

जिल्ला प्रहरीका सूचना अधिकृत दिलिप गिरीका अनुसार शाहलाई करिब एक हप्ता राखेर अनुसन्धान अघि बढाइने छ ।

पल शाहलाई जिल्ला अदालत तनहुँमा थएिको म्यादभित्रै यहाँको पनि अनुसन्धान सक्ने गरि प्रहरीले काम थालेको छ । दुवै जिल्लामा एउटै प्रकृतिको मुद्दा भएकाले यहाँको अदालतले म्याद थप्न नपर्ने प्रहरीको भनाइ छ । गैंडाकोट घटनाको अनुसन्धान सकिएपछि शाहलाई तनहुँ प्रहरीमै पठाइने भएको छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटमा मुद्दा दर्ता गराउन पीडित किशोरी, उनका बाबु र वकिल आएका थिए । पल शाहमाथि एक नाबालिगले आफुलाई बलात्कार गरेको अभिेयोगमा २ साताअघि तनहुँ प्रहरीमा जाहेरी दिएकी थिइन् ।

paul shah