१३ जेष्ठ २०७९, शुक्रबार

नेपालमै पहिलो पटक शल्यक्रिया बिना नै मुटुको भल्बकाे सफल प्रत्यारोपण

heart velb transplan

शहीद गंगालाल हृद्धय रोग केन्द्रमा नेपालमै पहिलो पटक शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ ।

शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले केन्द्रले शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरेको जानकारी दिनुयो ।
उहाँका अनुसार उक्त प्रत्यारोपण ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभीआई)’ विधिको प्रयोग गरेर गरीएको हो ।

८० वर्षीया महिलाको १६ फागुनमा सफलतापूर्वक भल्ब फेरिएको र उहाँको आजनै डिस्चार्ज गरेको डा अधिकारीले जानकारी दिनुभयो ।

‘हामीले नेपालमै पहिलो पटक यो विधिबाट मुटुको सफलतापूर्वक भल्ब प्रत्यारोपण गरेका छौं,’ डा. अधिकारीले भन्नुभयो, ‘उहाँ (बिरामी) निको भएर आज मात्रै डिस्चार्ज हुनु भएको छ ।’

heart transplant

डा अधिकारीका अनुसार उहाँ एओर्टिक भल्व साँधुरिएर अस्पतालमा पुग्नुभएको थियो ।

एओर्टिक भल्व साँघुरि कस्तो रोग हो ?

डा अधिकारीका अनुसार मुटुबाट निस्कने मुख्य धमनिमा रहेको एओर्टिक भल्व साँघुरिने रोगलाई एओर्टिक स्टेनोसिस भनिन्छ । यो रोगले गर्दा खासगरी स्वाँस्वाँ हुने छाति दुख्ने र बेहोस हुनेजस्ता गम्भिर लक्षणहरु देखिने डा अधिकारी बताउनुहुन्छ ।

यस्ता लक्षणहरु देखिएका बिरामीहरुको दुई वर्षभित्र मुत्यु हुने सम्भावना ५० प्रतिशतले हुने विभिन्न अध्यानहरुले देखाएका छ। विशेषगरी वृद्धवृद्धामा यस रोगका साथसाथै अन्य प्रकारका जटिल रोगहरु र शारीरिक दुर्वलतासमेत हुने भएकोले छाती चिरेर शल्यक्रिया गर्दा बढि जोखिम हुने गर्दछ ।

यस्ता बिरामीहरुको जोखिम न्युकरण गर्नको निमित टिएभीको विकास भएको हो ।
यो रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भाल्व प्रात्यारोपण गरिन्छ ।

टिएभीआइ भनेको के हो ?

चिकित्सकका अनुसार टिएभीआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथरेटरद्वारा मानव निर्मित भल्ब मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिन्छ ।

डा.अधिकारीका अनुसार प्रत्यारोपण गरिएको भल्बले तुरुन्तै काम गर्ने हुँदा बिरामीलाई चाडै नै आराम महसुस हुन्छ ।

‘बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकाले यो पद्धतिमा कम्प्लिकेसनहरु कम हुने र बिरामीलाई चाडै डिस्चार्ज गर्न सकिने हुन्छ,’ उहाँले भन्नुभयो, ‘शल्यक्रियाको तुलनामा यस पद्धतिको उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनले देखाएको छ ।’

सन् २००२ मा यो पद्धति मात्रै पहिलो पटक फ्रान्समा उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा पनि यो पद्धतिबाट उपचार हुँदै आएको छ । तर, नेपालमा भने यो पद्धतिबाट पहिलो पटक उपचार भएको हो ।