१४ बैशाख २०८१, शुक्रबार

‘आवश्यकताअनुसार स्थानीय तहले नै गठबन्धन गर्न सक्छ’

pradip poudel
फाइल फोटो

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन नसक्ने बताउनुभएको छ ।

पार्टीका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ११औँ स्मृति सभाका अवसरमा आज नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

“केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन सक्दैन, स्थानीय तहले नै आवश्यकताअनुसार आगामी निर्वाचनमा गठबन्धन गर्न सक्छ”, उहाँले भन्नुभयो ।

नेता पौडेलले स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि भ्रष्टाचार रोक्नुपर्ने बताउनुभयो । आगामी निर्वाचनमा काँग्रेसले भ्रष्टाचार विरुद्धको एजेन्डालाई अगाडि सार्नुपर्ने उहाँको भनाइ थियो ।