४ बैशाख २०८१, मंगलवार

गुणस्तरीय काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

krishna kumar
फाइल फोटो

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ ।

तनहुँको भानु नगरपालिका–६ स्थित बागेश्वरी मार्ग कालोपत्रेका लागि भइरहेको काम शुक्रवार निरीक्षण गर्दै गुणस्तरमा सम्झौता नगर्न र तोकिएको समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, “तोकिएको म्यादभित्र गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन । केही अप्ठ्यारा भए सहयोग गर्न तयार छु ।”

श्रममन्त्री श्रेष्ठकै पहलमा बागेश्वरी मार्ग कालोपत्रे, नाला निर्माण र ग्राभेलको काम अगाडि बढेको छ । सडक डिभिजन र सहरी विकास विकास मन्त्रालयमार्फत रु पाँच करोडको लगानीमा काम भइरहेको र त्यसका लागि सडक डिभिजनबाट रु दुई करोड र सहरी विकास मन्त्रालयबाट रु तीन करोड विनियोजन भएको थियो । उक्त मार्गमा ५०० मिटर सडक कालोपत्रे, तीन हजार मिटर नाला र चार हजार मिटर सडक ग्राभेल गरिने भएको छ ।