६ बैशाख २०८१, बिहीबार

कालिञ्चोक पुगेर गठबन्धनप्रति ओलीको कटाक्ष: यो पवित्र भूमिमा दैत्य, दानवका कुरा नगरौं

144455ea8a6518f40a2ecb5507855b6e1646391650

दोलखाको कालिञ्चोक मन्दिर पुगेर एमाले अध्यक्ष  केपी शर्मा ओलीले सत्ता गठबन्धन बारे कटाक्ष गर्नुभएको छ ।

पत्रकारले सत्ता गठबन्धनको बिषयमा प्रश्न गरेपछि  ‘यो पवित्र भूमिमा आज दैत्य, दानवका कुरा नगरौं’ भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएको एमाले अध्यक्ष ओलीले यस्तो कटाक्ष गर्नुभएको हो ।

उहाँ पत्नी राधिका शाक्य सहित शुक्रबार विहान ९ बजे हेलिकप्टरमा कालिञ्चोक मन्दिर पुग्नु भएको थियो ।

 उहाँले ३८४२ मीटर उचाईको कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्नु भएको थियो ।

अध्यक्ष ओलीले मन्दिरको दर्शन तथा वरिपरीका हिमालहरूको अवलोकन गर्नु भएको थियो । उहाँले ३ घण्टा भन्दा बढी कालिञ्चोकमा बिताउनु भएको थियो । कालिन्चोकबाट ओली हेलिकप्टर मार्फत दोलखाको शैलुङ्मा मदन भण्डारी साहित्य प्रतिष्ठानले आयोजना गरेको शैलुङ साहित्य साँस्कृतिक महोत्सव २०७८को उद्घाटनका लागि जानु भएको थियो ।

144455ea8a6518f40a2ecb5507855b6e1646391650
498203fce99fc8a6eab7520e8f40c7721646391110
b37d36992c6e8ae83de9e6baeb202ab61646391635 2