१३ बैशाख २०८१, बिहीबार

बमगोलाले नतोडिएको रुसी र युक्रेनी यी प्रेमी–प्रेमिका

Russia Ukraine Lover

रुसी सफ्टवेयर इन्जिनियर मिखाइल ल्यूब्लिन र उनकी युक्रेनी प्रेमिकाले राजधानी कीवदेखि हंगेरी जानका लागि पाँच दिनसम्म रेल र बसहरुका यात्रा तय गरे । उनीहरुलाई कतिकति खेर त लागेको थियो कि युद्धका कारण आफूहरु लक्ष्यमा पुग्न सकिँदैन ।

युक्रेनी सीमा नजिकै जोहानी बोर्डर पार गर्दा बुडापेस्टका लागि रेलको टिकटका लागि लाम लागेका यी युवा जोडीले एक अर्कालाई खुसीले अङ्कमान गरे । ल्यूब्लिन भन्छन्, ‘यहाँ रहेका सबै मानिस विपरित म रुसमा छु ।

पछिल्लो एक वर्षदेखि युक्रेनमा बसेको थिएँ ।’ रुसी हमलाका बारेमा ल्यूब्लिन भन्छिन्, ‘यो पागलपन हो र रुसले यसका लागि धेरै वर्षसम्म मूल्य चुकाउनु पर्दछ र पुटिनलाई मुद्धा हाल्नु पर्छ ।’

युक्रेनमाथि हमलाका कारण रुसको आलोचना भइरहेको छ । साथै रुसमाथि पश्चिमा देहरुले प्रतिबन्ध पनि लगाएको छ । कतिपय देहरुका कम्पनीहरुले रुसमा आफ्ना योजनाहरु रोकेका छन् भने आफ्ना कारोबार समेत सिमित गर्दैछन् ।

ल्यूब्लिन र उनकी प्रेमिकालाई आफूहरु कसरी हंगेरी पुगेको भन्नेसम्म पनि हेक्का छैन । उनीहरुको यात्राका हरेक दिन बमबारी भइरहेको थियो । उनले प्रेमिकाको सुरक्षाका कारण नाम बताएनन् ।

ल्यूब्लिनले हाँस्दै भने, ‘यो अब धेरै गाह्रो होला तर आशा गर्न सकिने कुरा हो । युक्रेन आफ्नो खुट्टामा टिक्नेछ ।’