१४ बैशाख २०८१, शुक्रबार

प्रेसर कुकर फेला संसद भवन अगाडि

house

बानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद बस्तु भेटिएको छ । प्रहरीका अनुसर संघीय संसद भवनको १ नम्बर गेट अगाडि शंकास्पद बस्तु फेला परेको हो । 

व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता आइतबार संसद्‌बाट अनुमोदन भएपछि विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले सोमबार नेपाल बन्दको आह्वान गरिएको छ ।

संसद भवको अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो । अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।

मोटरसाइकलमा आएका व्यक्तिले उक्त क्षेत्रमा झोला फालेर हिँडेको प्रहरीले जानकारी दिएको छ । अहिले सो क्षेत्र भएर गुड्ने सवारी साधनलाई बैकल्पिक रुट प्रयोेग गराइएको छ । 

त्यो वस्तु बम भए÷नभएको पहिचानका लागि डिस्पोजल गर्न सेनाको विशेष टोलीलाई खबर गरिएको प्रहरी स्रोतले बताएको छ ।