८ बैशाख २०८१, शनिबार

ध्वस्त संसारकै सबैभन्दा ठुलो हवाईजहाज रुसी आक्रमणमा

AN225 Ukraine Image

संसारको सबैभन्दा ठुलो हवाईजहाज रुसी आक्रमणमा परेर ध्वस्त भएको छ ।

एन्टोनोभ एन–२२५ नाम गरिएको उक्त जहाज युक्रेनमा रुसी आक्रमणमा ध्वस्त भएको युक्रेन सरकारले जनाएको सिएनएनले उल्लेख गरेको छ ।

राजधानी किभको विमानस्थलमा पार्किङ गरिएको सो विमानमा आक्रमणमा परेर ध्वस्त भएको छ ।

युक्रेनमा ‘म्रिया’ वा ‘सपना’ नाम राखिएको उक्त जहाजलाई ध्वस्त पारे पनि रुसी आक्रमणले युक्रेनको सपना ध्वस्त पार्न नसकिने युक्रेनी परराष्ट्रमन्त्री डिम्रिटो कुलेभाले सामाजिक सञ्जालमा लेखेका छन् ।

एन्टोनोभ कम्पनीले जारी गरेको ट्विटमा सो विमान ध्वस्त भएको भन्ने स्वतन्त्र पुष्टि हुन बाँकी रहेको जनाएको छ ।

कम्पनीका अनुसार विज्ञहरुले निरीक्षण नगरेसम्म प्राविधिक अवस्थाबारे भन्न सकिँदैन ।

    सम्बन्धित समाचार...