२५ बैशाख २०८१, मंगलवार

महाभियोग प्रस्ताव दर्तापछि एमालेले सबै सांसदलाई काठमाडौं बोलायो

uml logo1628521956

नेकपा एमालेले सबै सांसदहरुलाई काठमाडौं बोलाएको छ ।

सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै एमालेले सबै सांसद र शीर्ष नेताहरुलाई काठमाडौं बोलाएको हो ।

सत्तारुढ दलले महाभियोग प्रस्ताव ल्याएपछि एमालेले यसबारे पार्टीमा छलफल गर्ने बताइएको छ । नेपालको संविधानको धारा १०१ बमोजिम महाभियोग गर्दा भएको हो । महाभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा पर्नुभएको छ ।

देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ प्रस्तावक रहनुभएको महाभियोगमा ९८ जना सांसदहरुको हस्ताक्षर गरेका छन् । संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार बिहान ११ बजेर १० मिनेटमा जाँदा महाभियोग दर्ता गरिएको हो । फरक प्रकृतिको प्रस्ताव रहेका कारण यसको दर्ता नम्बर १ रहेको पाण्डेले जानकारी दिनुभयो ।