५ जेष्ठ २०८१, शनिबार

निर्वाचन भाँड्ने षड्यन्त्र, प्रधानन्यायाधीशविद्ध महाभियोग: ओली

kp oli 3
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव दर्ता गरेर सरकार निर्वाचन भाँड्न लागेको टिप्पणी गर्नुभएको छ ।

प्रधानन्यायाधीशविद्ध सत्ता गठबन्धनले महाअभियोग लगाउन प्रस्ताव दर्ता गरेर राज्यका अंगहरूलाई विभाजनतिर लगेको उहाँको टिप्पणी छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव अनुचित र अनुत्तरदायी भएकाले यसले मुलुकमा हानी पुग्ने दाबी गर्नुभएको छ ।

मुलुकलाई स्थायित्व र सहि बाटो दिन निर्वाचनतिर लाग्नुपर्नेमा सत्ता गठबन्धन नै निर्वाचन भाँड्न र नयाँ नयाँ विवाद सिर्जना गर्न लागेको उहाँको भनाइ छ ।

सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको ओलीको आरोप छ ।