२५ बैशाख २०८१, मंगलवार

पारित हुँदैन एमसीसी: प्रचण्ड

prachanda1643889677

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी) पारित नहुने बताएका छन् ।

बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रचण्डले संशोधन नगरि एमसीसी पास नहुने बताएका हुन् ।

‘एमसीसीमा भएका केही प्रावधानहरु संशोधन हुनुपर्छ । त्यसो भएमा एमसीसीको बजेट लिन गाह्रो छैन । एमसीसीमा भएका प्रावधान संशोधन नभए यथास्थितिमा पारित हुँदैन’, प्रचण्डको सम्बोधनलाई उद्धत गर्दै बैठकमा सहाभागी एक नेताले भने ।

एमसीसीलाई देखाएर नेकपा एमालेले सत्तरुढ गठबन्धनलाई टुटाउने खेल खेलको उनको भनाई थियो । एमसीसीकै कारण गठबन्धन नटुट्ने पनि प्रचण्डले बताएका छन् ।

‘एमसीसीकै कारण गठबन्धन टुट्दैन, कमजोर रुपमा गठबन्धन बनाएको होइन । यो गठबन्धन टुटाउन जतिसुकै षड्यन्त्र गरेपनि गठबन्धन कायम रहन्छ’, उनले भने ।