१४ बैशाख २०८१, शुक्रबार

स्थगित परीक्षा फागुनदेखि सञ्चालन गर्ने लोक सेवा आयोगको तयारी

for slider lok sewa

कोरोना भाइरसका कारण स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।

लोक सेवा आयोगले उपसचिव वा सो सरह (अप्राविधिक÷प्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने समय तालिका सार्वजनिक गरेको हो ।

स्थगित भएका सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने आयोगले उल्लेख गरेको छ ।

परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७७ (संशोधनसहित) पालना गरी सञ्चालन हुने आयोगले जनाएको छ ।