२२ बैशाख २०८१, शनिबार

स्थगित लोक सेवाका लिखित परीक्षा

for slider lok sewa

लोक सेवा आयोगले कोरोना संक्रमण बढेपछि लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

सूचना अधिकारी देवी प्रसाद सुवेदीका अनुसार माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएका छन् ।

देशभर कोरोना संक्रमणको दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गर्नुपर्ने दबावमा थियो ।

त्रिभुवन विश्वविद्यालयले पनि वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । त्रिभुवन विश्वविद्यालयले शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत रहने जनाएको छ ।