६ जेष्ठ २०८१, आईतवार

पहिलोपटक महिला एसिया कपको फाइनलमा दक्षिण कोरिया

South Korea

फिलिपिन्सलाई २–० अन्तरले पराजित गर्दै दक्षिण कोरिया भारतमा जारी एएफसी महिला एसियन कप–२०२२ को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार मुम्बइमा भएको खेलमा दक्षिण कोरियालाई जिताउन चो सो ह्युन र सन ह्वा येओनले एक–एक गोल गरिन् । पहिलोपटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्स भने कोरियाविरुद्ध फिक्का रह्यो ।

अब, उपाधिका लागि कोरियाले चीन र जापानबीचको विजेतासँग खेल्ने छ ।