२७ बैशाख २०८१, बिहीबार

मन्त्री झाँक्रीद्वारा धोविखोला करिडोर क्षेत्रमा अनुमगन

final00 12 11 12still027

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गर्नु भएको छ । सडक अतिक्रमण नगर्न पटकपटक सचेत गराउँदा पनि नमानेपछि बुधबार मन्त्री झाँक्री आफै सो करिडोरको अनुगमनमा जानुभएको हो ।

सवारी साधन नै पास नहुने गरी निर्माण सामग्री राख्ने, पसल राख्ने, टेवल, कुर्सी समेत राखेर बस्ने अवस्था भएपछि उपत्यका विकास प्राधिकरणले कानुन विपरित सडक अतिक्रमण नगर्न सचेत गराउँदै आएको थियो ।

मन्त्री झाँक्रीले आज (बुधवार) अनुगमनका क्रममा पनि सडक अतिक्रमण गर्ने काम नगर्न पुनः एक पटक सचेत गराइएको बताउनुभयो । अब पनि नमाने उनीहरुमाथि कानुन बमोजिम कारबाही गर्ने उहाँले बताउनुभयो ।

उपत्यका विकास प्राधिकरण ऐन अनुसार सडक अतिक्रमण गर्न निषेध गरिएको छ । तर सो ऐन विपरित सडक अतिक्रमण गर्नेहरुलाई अब कानुन बमोजिम कारबाही गर्ने सरकारको तयारी छ ।

मन्त्री झाँक्रीले सार्वजनिक स्थलहरुको अतिक्रमण हुन नदिने गरी अनुगमन गर्न पनि उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिनु भयो । उहाँले भन्नुभयो, ‘आज विदाकै दिन भएपनि उहाँहरुलाई सचेत गराऔँ भनेर अनुगमनमा आएका छौँ ।

अतिक्रमण नगर्नुस् भनेर माईकिङ गर्नेलगायतका काम गर्दै आएका छौँ । तर उहाँहरुले मान्नु भएन र आज सचेत गराएका छौं । उहाँहरुलाई आफ्नो सामान निकाल्नुस् भनेका छौँ । त्यसपछि पनि मान्नु भएन भने कानुन बमोजिम कारबाही पनि हुन्छ । अनुगमनत भईनै रहन्छ । किनभने उपत्यका विकास प्राधिकरणलाई अनुगमन गर्ने अथोरिटी पनि छ । हामी अनुगमन निरन्तर गर्छौँ ।’

मन्त्री झाँक्रीको अनुगमनका क्रममा प्रहरीले सडकमा राखिएका निर्माण सामग्री, पसल आदि हटाएको थियो ।

ramkumari dhobokhola1643795329