४ जेष्ठ २०८१, शुक्रबार

सरकार भाग्न पाउँदैन, जेठ ४ मा निर्वाचन गर्नैपर्छ: अध्यक्ष ओली

60f964c6c092c kp sharma oli 1
फाइल फोटो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने बताएका छन् ।

बुधबार भक्तपुरको जर्मन हस्पिटालिटी पार्टी प्यालेसमा बसेको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् ।

“संविधानको सही कार्यन्वयन उत्तरदायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपथ्र्यो । यस सम्बन्धमा हामीले पटक–पटक सरकारलाई पटक–पटक ध्यानकर्षण पनि गराएका हौँ,” पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने,“तर, सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो ।”

ओलीले गठबन्धन सरकार दलका नेताहरुले २०७९ चैत्रमा निर्वाचन गर्ने भनेर अफवाह फैलाइरहेको पनि बताएका छन् ।

उनले सम्बोधनका क्रममा कोरोनाविरुद्धको २४ लाख खोप हराउनु सरकारको गम्भीर लापरबाही भएको टिप्पणी गरे ।

“कठिन मिहिनेतबाट आएको कोरोनाविरुद्धको खोप हरायो भन्नु गम्भीर विषय हो,” उनले भने, “यस्ता लापरबाही अरु देशमा हुने हो भने सम्बन्धित मन्त्रीहरुले राजीनामा दिइसक्थे । तर, हाम्रोमा छानबिन पनि हुँदैन ।”