१५ बैशाख २०८१, शनिबार

पुरानो अडान दोहोर्‍याउदै ओली भने – ‘संसद विघटन गर्नु संसदीय अभ्यास’

kp oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु राजनीतिक, संवैधानिक र संसदीय अभ्यास भएको आफ्नो पुरानो अडान दोहोर्‍याएका छन् ।

तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ साल पुस ५ र २०७८ जेठ ७ गते दुई पटक प्रतिनिधि सभा विघटन गरेका थिए । तर, सर्वोच्च अदालतले दुई पटक नै संसद् विघटनलाई असंवैधानिक ठहर गरेको थियो । त्यसको साढे दुई वर्षपछि आज नेकपा एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा ओलीले संसद् विघटन सही रहेको बताएका हुन् ।

यसैबीच, एमाले अध्यक्ष ओली आज पार्टीको १० औँ महाधिवेशनपछि निष्क्रिय रहेका पूर्वउपाध्यक्ष भीम रावलसँग पनि भेटवार्ता गरेका छन् । पार्टी मुख्यालय च्यासलमा दुई नेताबीच भेटघाट भएको हो ।

रावलले महाधिवेशनमा ओलीविरुद्ध अध्यक्ष पदमा उम्मेदवारी दिएपछि उनीहरूको सम्बन्ध चिसिएको थियो ।