१५ बैशाख २०८१, शनिबार

देशभर कोरोना भाइरसको सङ्क्रमण थप ३ हजार ६३७ जनामा पुष्टि, १२ जनाको निधन

corona insurance

देशभर आज थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आज ६ हजार ४ सय ९९ वटा नमुनाको पिसिआर परीक्षण गर्दा २ हजार २ सय ५ जनामा र ५ हजार ८३ वटा एन्टिजेनको नमुना परीक्षण गर्दा १ हजार ४ सय ३२ गरी जम्मा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १० लाख ९१ हजार ८ सय ८८ पुगेको छ ।

त्यस्तै देशभर आज ७ हजार ५ सय ५५ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको हुनेको कुल सङ्ख्या ८ लाख ७८ हजार ७ सय २० जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप १२ जनाको निधन भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुनेको कुल सङ्ख्या ११ हजार ७ सय ६४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म देशभरि ६९ हजार २ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा मात्रै देशभर ८ लाख १५ हजार ७ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

त्यसमध्ये १ करोड ७१ लाख ४४ हजार ८ सय ६७ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने १ करोड ४८ लाख २८ हजार ९ सय ५३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् भने अतिरिक्त मात्रा खोप लिनेको सङ्ख्या ४ लाख ८४ हजार ४ सय ७९ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज काठमाडौँमा ८ सय ६८ जना, ललितपुरमा १ सय ७० जना र भक्तपुरमा ८५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।