१४ बैशाख २०८१, शुक्रबार

प्रमुख प्रतिपक्ष दल एमालेको सरकारलाई दबाव

uml meeting

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति छिटो घोषणा गर्न सरकारलाई दबाव दिएको छ ।

आज बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचन मिति छिटो घोषणा गर्नुपर्नेमा जोड दिएको हो । बैठकपछि सचिव पद्मा अर्यालले स्थानीय निर्वाचन वैशाखको महिनाभित्र गर्नुपर्नेमा जोड दिदै छिटो भन्दा छिटो निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रिय कार्यालय टोलीको बैठकले स्थानीय तहको निर्वाचनका सम्बन्धमा पार्टीको स्थायी समितिको बैठकले आधिकारिक धारणा सार्वजनिक गर्ने अर्यालका भनाई छ ।

बैठकले पार्टीको जिल्ला अधिवेशन र भर्खरै सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको सम्बन्धमा समीक्षा गरेको छ । यस्तै आजको बैठकले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा भएको अन्तरघातबारे छानविन गर्ने भएको छ ।

प्रदेश १ मा अन्तरघात भएकाले छानविन गरेर सत्यतथ्य पत्ता लगाउने निर्णय भएको सचिव अर्यालले बताउनुभयो । तर छानबिनका लागि कुनै कमिटी बनेको छैन ।

यसैबीचकाठमाडौँ उपत्यकाका तीन जिल्लाका एमाले अध्यक्षहरूको बैठकले आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।