२० बैशाख २०८१, बिहीबार

आत्महत्या गरिन् पूर्व मिस युएसए चेस्ली क्रिस्टले

cheselie

सन् २०१९ मा मिस अमेरिकाको ताज पहिरेकी चेस्ली क्रिस्टले हिजो (आइतबार) आत्महत्या गरेकी छिन् । पूर्व मिस यूएस चेस्ली क्रिस्टले ३० वर्षको उमेर आत्महत्या गरेकी छन् ।

उनले न्यूयोर्कस्थित म्यानहटनको एउटा भवनको २९औँ तलाबाट हामफालेर आत्महत्या गरेकी हुन् । न्यूयोर्क पुलिस र उनको परिवारले जनाएअनुसार उनी केही दिनदेखि सोही भवनको नवौँ तलामा बस्दै आएकी थिइन् ।

अन्यायपूर्वक जेलजीवन बिताउन वाध्य गरीब र असहायको निशुल्क परामर्श र कानुनी लडाइ गर्दै आएकी क्रिष्ट ३० वर्षकी थिइन् ।

दुइ विषयमा मास्टर्स गरेकी क्रिष्टको मुख्य पेशा भने वकालत थियो । उनले अमेरिकाको न्यायप्रणालीमा सुधार ल्याउन प्रयास गरिरहेकी थिइन् ।

उनको मृत्युको कारण भने प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको शव भवनको तल क्षत विक्षत अवस्थामा सडकमा फेला परेको थियो ।

    सम्बन्धित समाचार...