१४ बैशाख २०८१, शुक्रबार

प्रहरीलाई हस्तान्तरण ‘कर्कलो कोक्याउला’ गीतकाे अडियो भिडियो

karkalo kokyaulaa

हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको ‘कर्कलो कोक्याउला’ बोलको अडियो भिडियो गीत प्रहरी प्रधान कार्यालयलाई प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा सोमबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले गीतको अडियो भिडियो हस्तान्तरण गरेका हुन् ।

देश भरीका प्रहरी निकायहरुमार्फत प्रचार प्रसार गर्न र समाजमा सचेतना अभिवृद्धि गरी मानव बेचबिखनका घटनाहरू रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले यस श्रव्यदृश्य सामग्रीलाई प्रहरी कार्यालयमा हस्तान्तरण गरिएको बताइएको छ ।