१४ बैशाख २०८१, शुक्रबार

अपराह्न ४ बजे पुनः सत्ता गठबन्धनको बैठक बस्ने

gathabandhan meeting
फाइल फोटो

सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक आज अपराह्न ४ बजे पुनः बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको बैठकमा आगामी निर्वाचनका बारेमा छलफल भएको थियो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा गर्नुपर्ने प्रस्ताव गरेपछि त्यसबारे छलफल गर्न गठबन्धनको बैठक बसेको हो । बैठकमा आगामी निर्वाचनका बारेमा कानुनविद्हरूसँग परामर्श गरी आवश्यक निष्कर्ष निकालिने बताइएको थियो ।

सोही अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा पुनः कानुनविद्हरूसँग छलफल गरिने भएको छ ।

यसअघि पनि सत्ता गठबन्धनले आगामी निर्वाचन खास गरी, स्थानीय तहको निर्वाचन सम्बन्धमा कानुनविद्हरूसँग छलफल गरेको थियो । संविधानको धारा २२५ र स्थानीय तह सम्बन्धी ऐन, २०७३ बाझिएपछि कानुनविद्हरूले संविधान बमोजिमको कानुन बनाउनुपर्ने सुझाव दिएका थिए । यी लगायत समसामयिक विषयमा आज बिहान ९ः०० बजे सत्ता गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

आज बिहान बसेको बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी लगायतका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो ।