१४ बैशाख २०८१, शुक्रबार

(विज्ञप्तिसहित) राष्ट्रिय सभा निर्वाचन: प्रदेश १ बाहेकमा मतदान नगर्न राप्रपा प्रतिनिधिलाई निर्देशन

rajendra lingden
फाइल फोटो

राप्रपाले बुधबार (भोलि) १९ सिटका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ बाहेकमा मतदान नगर्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिएको छ ।

राप्रपाको मंगलबार बसेको बैठकले प्रदेश १ मा पार्टीका उम्मेदवारद्वय अम्बरबहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न र अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

271826463 307946181302131 2548548461245701119 n.jpg