१५ बैशाख २०८१, शनिबार

वरिष्ठ उपरीक्षक बिष्णु कुमार केसी नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा

bishnu kkc EBCTfbFyjb

नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक बिष्णु कुमार केसीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।

नेपाल प्रहरीद्धारा सम्पादित जनचासोका काम कारबाहीलाई यर्थार्थ एवं तथ्यगत रुपमा सञ्चारमाध्याममा सम्प्रेषण गर्नका लागि आज केसीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो ।

प्रवक्ता केसी हाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।