८ बैशाख २०८१, शनिबार

जबरजस्ती करणीपछि बालिका हत्याको अभियोगमा आमा छोरा पक्राउ

कर्तव्य ज्यान 1024x615 1

जिल्ला प्रहरी कार्यालय बाराले एक बालिकालाई जबरजस्ती करणी गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

आदर्श कोतवाल गाउँपालिका वडा नं.७ कोतवाली टोल बस्ने मोतिलाल साह कानुको छोरी वर्ष ९ की रुपमाला कुमारी साहको जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा आदर्श कोतवाल गाउँपालिका वडा नं.८ टोल कोतवाली बस्ने बर्ष २० का सन्तोष साह कानु र बर्ष ४० का शान्तिदेवी रहेका छन् ।

कानुले बालिका बाख्रा चराउन गएको बेला तिर्खा लागेर पानी खान जाँदा जबरजस्ती करणी गरी हत्या गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

पक्राउ परेकी अर्का अभियुक्त शान्तिदेवीले घट्नाको अपराध पुष्टि हुने दसीहरू लोप गर्ने प्रयास गरेकी थिइन् ।

यही पुस २५ गते दिउँसोदेखि हराइरहेकी बालिकाको शव पुस २७ गते जमुनी खोलामा मृत अवस्थामा फेला परेको थियो ।

पक्राउ परेका सन्तोष र शान्तिदेवी आमा छोरा हुन् ।