१७ बैशाख २०८१, सोमबार

वरिष्ठ उपरीक्षक एसएसपीको सरुवा, को कहाँ पुगे ?

Nepal police

सरकारले नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको सरुवा गरेको छ ।

विहीबार गृहमन्त्री बालकृष्ण खाणले २६ जना एसएसपीको सरुवा गर्नुभएको हो । उमेशराज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सुरुवा गरिएको छ भने उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन महाशाखाका चक्रबहादुर विष्टलाई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत पठाइएको छ ।

यस्तै श्यामलाल ज्ञवालीलाई विपद व्यवस्थापन कार्यालय सामाखुसी, बसन्तबहादुर कुँवरलाई अपराध अनुसन्धान कार्यालयमा, चन्द्र कुवेर खापुङलाई अपराध अनुसन्धान विभागमा, नलप्रसाद उपाध्यायलाई केन्द्रीय अनुसन्धान ब्यूरो उपप्रमुख नक्सालमा सरुवा गरिएको छ ।

भीमप्रसाद ढकाललाई अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौं, राजेशनाथ बास्तोलालाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ । दुर्गा सिंहको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा भएको छ । यस्तै पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।