१४ बैशाख २०८१, शुक्रबार

स्टार फुटबलर लियोनल मेस्सीलाई कोरोना संक्रमण

messi

स्टार फुटबलर लियोनल मेस्सीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

फ्रेन्च लिग वान क्लब पेरिस सेन्च जर्मेन (पिएसजी) का चार खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा लियोनल मेस्सी समेत रहेका छन् । यस्तै ख्वान बेर्नाट, नाथन बुतुमाजाल र सर्जिओ रिकोमा संक्रमण पुष्टि भएको हो ।

मेस्सीसहितका चारै खेलाडी अहिले आइसोलेशनमा छन् ।