१५ चैत्र २०८०, बिहीबार

तीनै जना स्टार मेस्सी, नेयमार र म्बाप्पेको तिकडीलाई पीएसजीले उतार्ने

messi neymar 2 71

रिस सैन्ट जर्माइनका प्रमुख प्रशिक्षक मौरिसियो पोचेटिनोले फ्रान्सेली लिग वानमा लियोनल मेस्सी, नेयमार जुनियर र क्लियन म्बाप्पेको तिकडीलाई आजको खेलमा उतार्ने हुनुभएको छ ।

रैम्स बिरुद्ध आज हुने खेलका लागि टोलिको घोषणा गर्दा तीनै जना सुपर स्टार पीएसजीको टोलिमा अटाउनुभएको हो ।

बार्सिलोनाबाट सर्नुभएका अर्जेन्टाइन स्टार लियोनल मेस्सीको पीएसजीका लागि ‘डेब्यु’ गर्ने दुई साता लामो प्रतीक्षा अन्त्य भएको छ ।

खेल प्रशंसकले भने एकैपटक तीनै जना खेलाडी उत्रेको हेर्न चाहेका थिए । म्बाप्पेको रियल मड्रिड सर्ने चर्चा चलिरहँदा पीएसजीले म्बाप्पे र मेस्सीसहितको टोलि घोषणा गरेको हो । नेयमार भने घाइते भएर मैदान बाहिर रहनुभएको थियो ।

पेरिस सैन्ट जर्माइन(पीएसजी)ले आज रैम्स बिरुद्ध खेल्दैछ । प्रशिक्षक पोचेटिनोले भने तीनैजना सुरुवाती एघारमा रहने गरी टोलिको घोषणा गरिएको बताउनुहुँदै प्राथमिकता हेरेर अन्तिम समयमा टुंगोमा पुग्ने बताउनुभएको छ ।