७ बैशाख २०८१, शुक्रबार

निर्मला पन्त प्रकरणः एक भारतीयको डीएनए परीक्षण

Nirmala Panta
फाइल फोटो

कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा एक जना शंकास्पद तर बेपत्ता भएको व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता व्यक्तिलाई प्रहरीले हालै नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमको क्षेत्रीय अपराध अनुसन्धान समूह (आरआईटी) र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को संयुक्त टोलीले भारतबाट अली थरका युवकलाई नियन्त्रणमा लिएर डीएनए जाँचका लागि नमूना लिएको प्रहरीले बताएको छ ।

प्रहरीकाअनुसार पन्त प्रकरणमा नयाँ शिराबाट अनुसन्धान गर्दा हालसम्म खुलेका शंकास्पदमध्ये ‘भेरिफाइ’ गर्न बाँकी रहेकालाई सोधपुछ गर्ने क्रममा उनलाई नेपाल ल्याइएको थियो । नेपाल आउने वित्तिकै डीएनए परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएपनि रिपोर्ट आइसकेको नसकेको प्रहरीले जनाएको छ ।