७ बैशाख २०८१, शुक्रबार

सावित्री सुवेदीको सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

Sabitir

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको छ । कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै धनगढी पुग्नु भएकी सावित्री सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गर्नु भएको हो ।

निर्मला बलात्कारपछि हत्या घटनाको ३ वर्ष पुरा भइसक्दा पनि न्याय नपाइएको र दिनप्रतिदिन छोरी चेली बलात्कार हुँदा पनि सरकार चुप रहेको अवस्थामा सुवेदीले ‘बलात्कारीलाई फाँसी दे निर्मलालाई न्याय दे ! मेरो शरीर मेरो अधिकार !’ भन्दै मुख्यमन्त्री कार्यालय अगाडि एक्लै प्रदर्शन गर्नु भएको छ ।

सरकारले बलात्कारीलाई फाँसी दिने कानून बनाउनु पर्ने र कानून नबनाएसम्म महिलाहरु चुप नबस्ने उहाँको भनाई थियो ।