१४ बैशाख २०८१, शुक्रबार

एमालेमा प्रवेश गरे एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा

Yadubansijha1641174399

नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

एमाले विभाजन हुँदा समाजवादी रोज्नुभएका पूर्वमन्त्री झा पुनः एमालेमा प्रवेश गर्नुभएको हो । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

झा प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहनुभएको छ ।

झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँ २०७० मा माले समाजवादीका सहअध्यक्ष हुनुहुन्थ्यो । त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले झालाई पार्टी प्रवेश गराउनुभएको थियो ।