१२ बैशाख २०८१, बुधबार

मेस्सीले भने – नयाँ अध्यायका लागि उत्सुक छु

messi

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भएपछि लियोनल मेस्सीले नयाँ अध्यायका लागि उत्सुक रहेको बताएका छन् ।

पीएसजीबाट खेल्न पेरिस पुगेका मेस्सीले क्लबको लक्ष्य र आफ्नो महत्वाकांक्षा मिलेको पनि बताए ।

‘म पेरिसमा रहेर आफ्नो करिअरको नयाँ अध्याय सुरु गर्न उत्सुक छु । क्लबको लक्ष्य र मेरो महत्वाकांक्षा मिलेको छ,’ मेस्सीले पीएसजीको वेबसाइटसँग भनेका छन् । ३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।