१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डले भने- ‘सर्वसहमति नभए चुनाव हुन्छ’

prachanda1640944649

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति र पदाधिकारी चयनमा सहमति नभए निर्वाचनमा जाने बताएका छन् ।

शनिबार महाधिवेशन बन्दसत्रमा सम्बोधन गर्दै प्रचण्डले सहमतिका लागि प्रयास गर्ने तर सहमति नभएमा लोकतान्त्रिक अभ्यास कुण्ठित नगर्ने बताएका हुन् ।

प्रचण्डको भनाई उधृत गर्दै एक नेताले भने, ‘कुनै पनि लोकतान्त्रिक अभ्यासका लागि हामी तयार छौं । तर, जस्तोसुकै लोकतन्त्रमा पनि पहिलो प्रयास सहमति नै हो ।’

प्रचण्डले शनिबार अबेरसम्म भए पनि केन्द्रीय समिति र पदाधिकारी टुंगो लगाउने आफूहरुको चाहना भएको बताएका छन् । केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि अध्यक्ष मण्डललाई ५ बजेसम्मको समय दिइएको छ ।