१४ बैशाख २०८१, शुक्रबार

दश मन्त्री र बिस प्रदेश सांसदलाई कोरोना संक्रमण पुष्टि

corona hotwater

भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारले अरु २० प्रदेश सांसदहरुलाई पनि सङ्क्रमण भएको जानकारी दिनुभयो ।

उहाँले कोरोनाभाइरसको महामारी तीव्ररुपमा फैलिएकाले आम नागरिकस्तरबाट पनि उच्च सतर्कता अपनाइनु पर्नेमा जोड दिनुभयो ।

सरकारले लागु गरेका नियमहरुको पालना नगर्दा र हेलचेक्र्याई गरेकाले महामारी बढी फैलिइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कृपया सरकारको आग्रहलाई पालना गरिदिनु होला, आफ्नै पनि सतर्कता अपनाउनु होला, नत्र अवस्था भयावह हुनसक्छ ।”

महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने नयाँ उपायका बारेमा छलफल गर्न सरोकारवाला तथा विज्ञको बैठक बोलाइएको र उनीहरुसँग पटकपटक परामर्श भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

भारतको महाराष्ट्र प्रदेश कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो । अहिले ओमिक्रोनका सङ्क्रमित पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएका छन् ।