१५ चैत्र २०८०, बिहीबार

दिनहुँ संक्रमण बढिरहेको भारतमा एकै दिन ६० जनाको निधन

india covid19

भारतमा कोभिड संक्रमण दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घन्टामा कोभिडका कारण २१ हजार ८८० संक्रमित भएका छन् ।

योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा कोभिडबाट ६० जनाको निधन भएको छ ।

भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २५ हजार ९३० जनाको निधन भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना कोभिडका सक्रिय संक्रमित छन् ।

कुल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोभिड निको दर ९८ दशमलब ४६ प्रतिशत छ ।