१५ बैशाख २०८१, शनिबार

छिमेकी राष्ट्र भारतमा एकैदिन थपि १७ हजारभन्दा बढी कोरोना संक्रमित

india covid19

छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । 

वल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । 

भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।