१४ बैशाख २०८१, शुक्रबार

आज हुँदै सुनुवाई संवैधानिक इजलास सम्बन्धी मुद्दा

suprem court

सर्वोच्च अदालतले संवैधानिक इजलास सम्बन्धि मुद्दाको मिति मंगलबार तोकेको छ । अधिवक्ता डा. गणेश रेग्मीद्वारा गत भदौ १६ गते दर्ता गराइएको मुद्दामा न्यायाधीश हरि फुँयालको एकल इजलास प्रधानन्याधीशविनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दामाथि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलास तोक्नुभएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार सो इजलासका सम्बन्धमा लिखित जवाफ आएपछि पूर्ण सुनुवाईका लागि आज पेश गरिएको हो । यसका लागि प्रधानन्यायाधीशद्वारा बेन्च तोकिएको पनि उहाँले बताउनुभयो । संवैधानिक नियुक्ति मुद्दाको सम्बन्धमा प्रधानन्यायाधीशसँग सर्वोच्च अदालतका महान्यायाधीशहरुद्वारा असहमति जनाउँदै आएका छन् । यसैबीचमा उहाँहरुले मंगलबार विहान साढे ११ बजे प्रधानन्यायाधीशसँग भेट गर्ने भने पनि प्रशासनसम्म कुनै खबर नआएको पनि दाहालले बताउनुभएको छ ।