१२ बैशाख २०८१, बुधबार

महामारीका बीच हिउँदमा आरोहीको संख्यामा बृद्धि, ५१० जनाले २३ हिमाल आरोहण गर्ने

61779a1fbe2c7 mountainaring

कोरोना महामारीका बीचमा पनि हिउँद मौसममा पर्वतारोहीको विदेशी पर्यटकको संख्यामा बृद्धि भएको छ । पर्यटन विभागको तथ्याङकअनुसार ६४ आरोहणदलबाट २३ वटा हिमाल आरोहणका लागि ४१८ पुरुष र ९२ जना महिला गरी ५१० जना आरोहीले अनुमती लिएका छन् ।

यी मध्ये सबै भन्दा धेरै मनास्लु हिमालका लागि १९३ जनाले आरोहण अनुमती लिएको र त्यसपछि १०७ जनाले आमादव्लम हिमाल आरोहणका लागि अनुमती लिएका छन् । हिमलुङ हिमाल आरोहणका लागि ४९, धौलागिरी आरोहणका लागि ४० जना रहेका छन् । यस वर्ष चाङदी हिमाल, अमोतसाङ हिमालमा एक एक जना र थापापिक र तेङकाङपोजे हिमाल आरोहणका लागि दुई दुई जनाले आरोहणका लागि अनुमती लिएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसीले बताउनुभयो । आरोहण अनुमतीबाट मात्रै तीन करोड ५० लाख छ हजार १४७ रुपैयाँ राजश्व संकलन गरेको जिसीले जानकारी दिनुभयो ।

कोरोना महामारीकै बीच गत बैशाखमा हालसम्मकै सबैभन्दा धेरै ४३ वटा आरोहणदलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहणका लागि अनुमती लिएका थिए । गत वर्षाको मौसममा ८५ वटा आरोहणदलबाट ७१६ जना आरोहीले १६ वटा हिमाल आरोहण गर्न अनुमती लिएका थिए । त्यसबाट ७१ करोड ४८ लाख ५३ हजार ५२९ रुपैयाँ राजश्व संकलन भएको थियो ।

पर्यटन विभागका अनुसार विश्वव्यापि रुपमा फैलिएको कोरोना महामारीका कारण पदयात्रामा आउने पर्यटकको संख्या दुई वर्ष ेखि शुन्य भएपनि पर्वतारोहणमा आउने पर्यटकको संख्यामा भने कमी आएको छैन । संक्रमणमा कमी आएसँगै पदयात्रामा आउने पर्यटकको संख्यामा बृद्धि हुन थालेको अध्यागमन विभागको तथ्याङ्क छ ।

    सम्बन्धित समाचार...