१३ बैशाख २०८१, बिहीबार

आजदेखि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै

16254622971625462297

काठमाडौं जिल्लामा आज(मंगलबार) देखी कोभिड– १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदैछ ।

काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिका १८ वर्षमाथिकालाई एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउँन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौ.का अनुसार काठमाडौं महानगरमा नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रिरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप लगाइने छ । यी अस्पतालमा दुई दिनसम्म खोप दिइनेछ ।

बाँकी स्थानीय तहमा भने तीनदिनसम्म खोप लगाउन पाइनेछ।

काठमाडौं महानगरको हकमा १० कात्तिकमा सबै वडामा खोप केन्द्र सञ्चालन हुनेछ ।

स्वास्थ्य कार्यालयले खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन आह्वान गरेको छ ।