१९ बैशाख २०८१, बुधबार

(फाेटाे फिचर) राष्ट्रपति भण्डारीद्वारा पलाञ्चाेक भगवतीको दर्शन

61668a83b9dc0 DSC00723

राष्ट्रपति विद्यादेवी भन्डारीले काभ्रेको पाँचखाल नगरपालिका ९ मा रहेको पलाञ्चाेक भगवतीको दर्शन गर्नुभएको छ । उहाँ बुधबार पाँचखालमा रहेको वीरेन्द्र सैनिक कार्य तालिम केन्द्रसम्म नेपाली सेनाको हेलिकाेप्टरमा आउनु भएको थियो ।

बिहान करिब १० बजे पाँचखाल आइपुग्नु भएको राष्ट्रपति भण्डारी वीरेन्द्र सैनिक कार्य तालिम केन्द्रबाट करिब नाै किलोमिटर कार्गेटमार्फत पलाञ्चाेक भगवतीस्थान पुग्नुभएको थियो ।

राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्दव केसी, नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवम् धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जु श्रेष्ठ, बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह वादे, पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने, पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवारलगायतका जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले करिब १० मिनेट पलान्चोक भगवतीको पूजाआजा गर्नुभएको थियो । राष्ट्रपति भण्डारी नियुक्त हुनु भएपछि हरेक बर्षको बडादशैको अष्टमीका दिन राष्ट्र प्रमुखको हैसियतले पलान्चोक भगवतीको दर्शन गर्दै आउनुभएको छ । गत बर्ष कोरोनाको कारण उहाँ पलान्चोक भगवतीको दर्शनको लागि आउन सक्नुभएको थिएन ।

61668a83b4db2 DSC00711
61668a83b9dc0 DSC00723
61668a83b3726 DSC00707
61668a83b7465 DSC00720
61668a83bb194 DSC00727
61668a83bc4fd DSC00738
61668a83be9a9 DSC00744
61668a83c0361 DSC00746
61668a83c4191 DSC00759