६ बैशाख २०८१, बिहीबार

प्रचण्डको गृह जिल्लामा प्रदिप ज्ञवालीको उद्घोषः गठवन्धन विरुद्ध एमाले एक्लै लड्छ

pradip

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले वर्तमान सत्ता गठवन्धनसंग एमाले चुनावमा लड्ने चुनौती दिएका छन् । चितवनमा नेकपा एमाले नगर कमिटि खैरहनीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै सचिव ज्ञवालीले गठवन्धनको सामना एमाले एक्लैले गर्ने वताएका हुन् । एमालेसंग चुनौती सामना गर्न नसक्ने देखेपछि विभिन्न पार्टीले गठवन्धन गरेको उनको भनाई थियो ।

चितवनकै काग्रेश सभापतिले चुनावमा गठवन्धन नगर्ने समाचार आफुले पढेको भन्दै नेता ज्ञवालीले गठवन्धन विना माओवादी अध्यक्ष प्रचण्डले चुनाव जित्न नसक्ने जिकिर गरे । यहाँकै सभापतिले अव अन्त भोट नहाल्ने भन्नु भएको छ,नेता ज्ञवालीले भने – माओवादीले अव के गर्ला,कस्तो अवस्था रहला । एमाले सतिसाल रहेको उल्लेख गर्दैै नेता ज्ञवालीले फेरी पनि एमाले स्थापित भएर दुई तिहाई वहुमत ल्याउने दावी गरे । एमाले प्रवक्ता समेत रहेका ज्ञवालीले आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न पार्टीकै केही व्यक्तीले धोका दिएर काग्रेशका सभापतिलाई प्रधानमन्त्री वनाएको आरोप लगाए ।

पार्टीबाट केही व्यक्ती अलग भएपनि उनीहरुमा भयानक पश्चाताप हुने उनको भनाई थियो । आफ्नै सरकार ढालेर गएकालाई इतिहासले हिसाव किताव गर्छ ज्ञवालीले भने –जनताले विभाजनलाई तिरस्कार गरिसकेकाले उनीहरुले पश्चाताप अवश्य गर्नेछन् र एमालेमै फर्कनेछन् । केही व्यक्ती अलग भएपनि पार्टीलाई क्षती हुने भन्दै उनले पार्टी संगठन सुदृढीकरण गर्न,एमालेको पहिचान जनतामा माझ निरन्तर दिलाउन,अरु पार्टीका मान्छे तान्न,आगामी चुनावीको तयारीमा जुट्न र पार्टी एकताको भावना अघि वढाउन आग्रह गरे । नगर कमिटि अध्यक्ष पूर्ण डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य काशीनाथ अधिकारी,बागमती प्रदेश कमिटि सचिवलाय सदस्य जेएन थपलिया,जिल्ला सचिवालय सदस्य कमल पाठकले मन्तव्य व्यक्त गरेका थिए ।

सो कार्यक्रममा नेकपा माओवादीको भातृ संस्था वाईसिएल जिल्ला सदस्य यसोदा पाण्डे सहित केही माओवादी र काग्रेशका प्रतिनिधी एमाले प्रवेश गरेका थिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रिय सचिव प्रदिप ज्ञवालीले टिका लगाएर स्वागत गरे ।