१४ बैशाख २०८१, शुक्रबार

नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यद्वारा शपथ ग्रहण

bhim1629960520

नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसामु शपथ लिनुभएको हो ।

मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिएपछि तत्कालै स्वीकृत भएर आचार्य संसदीय दलको नेतामा चयन भइ मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । नियुक्तिसँगै आचार्यले शपथ ग्रहण गर्नुभएको छ ।