६ बैशाख २०८१, बिहीबार

बिहीबार ७८ वर्षको उमेरमा जनवादी गायक जेबी टुहुरेको निधन

jb tuhure

जनवादी गायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ ।

टुहुरेको बिहीबार ७८ वर्षको उमेरमा उपचारका क्रममा आज बल्खुस्थित बयोधा अस्पतालमा उनको निधन भएको हो ।

मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो ।

२० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् ।

उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ ।’ बोलको गीत सर्वाधिक लोकप्रिय छ ।