१४ बैशाख २०८१, शुक्रबार

अलविदा जेबी टुहुरेः अन्तिम श्रद्धाञ्जली पेरिसडाँडामा

JB Tuhure 1 1

नेकपा माओवादी केन्द्रले आज निधन भएका जनगायक जेबी टुहुरेलाई श्रद्धाञ्जली व्यक्त गरेको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा टुहुरेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

टुहुरेको पार्थिव शरीरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाएका थिए । टुहुरेको पार्थिव शरिरलाई सयौं सर्वसाधारण र माओवादी नेता कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरे ।

JB Tuhure 2 768x391 1

भदौ १ गते दिउँसो काठमाडौंको कलंकीस्थित निजी निवासमा मष्तिष्क पक्षघात (स्ट्रोक) भएपछि टुहुरेको वयोधा अस्पतालको सीसीयूमा उपचार भइरहेको थियो । मधुमेह, फोक्सो र उच्च रक्तचापको समेत समस्या झेलिरहेका ७८ वर्षका टुहुरेको अप्रेसन गर्न असहज भएपछि औषधिको माध्यमबाट उपचार गरिएको थियो ।

२०३४ सलमा रेकर्ड गराएको ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैं प्यासी बनेर’बोलको गीत चर्चित छ । टुहुरेले गीत संगीतका माध्यमबाट पञ्चायतविरुद्धको आन्दोलनमा जनचेतना जगाएका थिए ।

JB Tuhure 1 768x1086 1