१२ बैशाख २०८१, बुधबार

नेपालको घाषणाः हामी सरकारमा सहभागी हुन्छौं

Madhav Nepald1629968864

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने बताएका छन् ।

अध्यक्ष नेपालले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाँच दलीय गठबन्धन दीर्घकालीन रूपमा अगाडि बढ्ने समेत बताए ।

‘हामी अवश्य पनि सरकारमा सहभागी हुनेछौं,’ उनले भने, ‘पहिलेदेखि नै हामी गठबन्धनमा थियौं तर औपचारिक रूपमा ५ दल भन्न मिलेको थिएन । अब ५ दलीय गठबन्धन अगाडि बढ्छ।’

नेकपा एमालेमा भएका अर्बौंका सम्पत्तिबारे पार्टीले दाबी गर्छ कि, गर्दैन भन्ने प्रश्नमा नेता नेपालल कानुनअनुसार अगाडि बढ्ने बताएका छन् । ‘कानुनमा के छ हेरौंला। दाबा गरौंला । होइन भने म निर्माण गर्न सक्छु,’ उनले भने ।